कोरोना भाइरस संक्रमणः इटलीमा एकै दिन ४२७ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरस संक्रमणः इटलीमा एकै दिन ४२७ जनाको मृत्यु

ज्यान गुमाउनेको संख्या चीनभन्दा इटालीमा धेरै


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोक सबैभन्दा बढी इटालीमा देखा परेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटालीमा महामारीका रुपमा देखिएको हो ।

इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ भने ४१ हजार भन्दा बढी संक्रमित भएका छन् ।

जसमध्य २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मी समेत रहेको जनाइएको छ । संक्रमित हुनेमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी छन् ।

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । हालसम्म २ लाख ४५ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । ति मध्ये ८८ हजार १ सय ५१ जना निको भएका छन ।

चीनमा ८० हजार ९ सय ६७ जना संक्रमित भएका छन भने ३ हजार २ सय ४८ जनाले ज्यान गुमाएका छन् । अहिले चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रम जारी छ ।

त्यसैगरी इरानमा १८ हजार ४ सय ७ संक्रमित रहेको र १ हजार २ सय ८४ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानपछि स्पेनमा पनि कोरोना संक्रमण तीव्र गतिमा देखिएको छ । जहाँ १८ हजार बढी सक्रमित रहेका छन् भने ८ सय ३१ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ७६ देशमा फैलिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : १० बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२