कोरोना भाइरस संक्रमणः इटलीमा एकै दिन ४२७ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमणः इटलीमा एकै दिन ४२७ जनाको मृत्यु

ज्यान गुमाउनेको संख्या चीनभन्दा इटालीमा धेरै


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोक सबैभन्दा बढी इटालीमा देखा परेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटालीमा महामारीका रुपमा देखिएको हो ।

इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ भने ४१ हजार भन्दा बढी संक्रमित भएका छन् ।

जसमध्य २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मी समेत रहेको जनाइएको छ । संक्रमित हुनेमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी छन् ।

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । हालसम्म २ लाख ४५ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । ति मध्ये ८८ हजार १ सय ५१ जना निको भएका छन ।

चीनमा ८० हजार ९ सय ६७ जना संक्रमित भएका छन भने ३ हजार २ सय ४८ जनाले ज्यान गुमाएका छन् । अहिले चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रम जारी छ ।

त्यसैगरी इरानमा १८ हजार ४ सय ७ संक्रमित रहेको र १ हजार २ सय ८४ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानपछि स्पेनमा पनि कोरोना संक्रमण तीव्र गतिमा देखिएको छ । जहाँ १८ हजार बढी सक्रमित रहेका छन् भने ८ सय ३१ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ७६ देशमा फैलिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : १० बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते