इटालीमा २ हजार बढी स्वास्थ्यकर्मी नै कोरोनाबाट संक्रमित « Khabarhub

इटालीमा २ हजार बढी स्वास्थ्यकर्मी नै कोरोनाबाट संक्रमित


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटाली- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोक सबैभन्दा बढी इटालीमा देखा परेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटालीमा महामारीका रुपमा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ भने ४१ हजार भन्दा बढी संक्रमित भएका छन् । जसमध्य २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मी रहेको जनाइएको छ ।

यसरी संक्रमित हुनेमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी छन् ।

इटालीमा गत फेब्रुअरीदेखि कोरोना भाइरस देखिएको हो ।

हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या चीनमा बढी भए पनि ज्यान गुमाउनेको स‌ंख्या इटालीमा धेरै देखिएको छ इटालीमा कोरोना भाइरसका संक्रमित र मृतकको संख्या बढ्दो क्रममा छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ७६ देशमा पुगेको छ ।

अहिलेसम्म २ लाख ४५ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । ति मध्ये ८८ हजार १ सय ५१ जना निको भएका छन । चीनमा ८० हजार ९ सय ६७ जना संक्रमित भएका छन भने ३ हजार २ सय ४८ जनाले ज्यान गुमाएका छन् ।

अहिले चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रम जारी छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : ३२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल