७२ घण्टामा तयार भएको कोरोना विशेष अस्पताल आजबाट सञ्चालनमा आउने (फोटो फिचर) « Khabarhub

७२ घण्टामा तयार भएको कोरोना विशेष अस्पताल आजबाट सञ्चालनमा आउने (फोटो फिचर)


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोरोना भाइरस संक्रमितका लागि भरतपुरमा अस्थायी अस्पताल निर्माण गरिएको छ । भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबार (आज) बाट सञ्चालनमा आउने भएको छ ।

भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भएको अस्पतालमा ५० शय्याको क्षमता रहेको छ । विशेष अस्थायी अस्पतालमा आजैबाटै ओपोडी सेवा सञ्चालन हुने भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जानकारी दिइन् ।

अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको छ ।

‘७० शय्याको अस्पताल निर्माण गर्ने तयारी रहेको छ’ प्रमुख दाहालले भनिन्,’अहिलेलाई ओपीडी सेवा हुने छ त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आइसियु सेवा दिइने छ ।’

अस्पतालमा परिचालन हुने स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता र सुरक्षित पोशाकको व्यवस्था गरिएको उनले बताइन् । कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ । अस्पतालमा रहने बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक खानादेखि इन्टरनेटसम्मका सुविधाको व्यवस्था गरिएको छ ।

महानगरपालिका प्रमुख दाहालको संयोजकत्वमा रहेको १५ सदस्यीय कार्यदलले ७२ घण्टामा अस्पताल तयार गरी सञ्चालन गर्न लागेको हो । कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीले अस्पताल सञ्चालन गर्न जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक शय्या ल्याइएको जानकारी दिए ।

डाक्टर अधिकारीले भने,’प्रदर्शनी केन्द्रको तीन वटै भवन प्रयोग गर्नु परेमा तीनसय वेड क्षमताको अस्पताल निर्माण गर्न सक्नेछौ । तत्काल ७० शय्या क्षमताको निर्माण भएको छ त्यसपछि आवश्यकताको आधारमा थपिँदै जाने योजना रहेको छ ।’

अस्पतालमा खटिने स्वास्थ्यकर्मीको पनि व्यवस्था भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिइन् । शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् ।

विरामीको चाप र आवश्यकता अनुसार जनशक्ति र उपकरणहरु थपिदै लैजाने उनले बताइन् । अस्पताल निर्माणको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका छन् ।

महामारीका रुपमा फैलिँदै गएको कोरोना संक्रमणलाई रोक्न र विरामी भएमा उपचारको लागि अलगै अस्पताल निर्माण गर्ने निर्णय भरतपुर महानगरपालिकाले गरेको थियो ।

७२ घण्टा भित्र अस्पताल निर्माण गर्ने घोषणा गरेसंगै अस्पताल सोही समय भित्र सञ्चालनको तयारी गरिएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १० : ४३ बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल