इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ « Khabarhub

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी डलको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर १ बराबर नेपाली रुपैयाँको बिक्री दर १२० रुपैयाँ २८ पैसा छ ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय दर छ । पछिल्लो समय डलरको तुनामा भारु कमजोर हुँदै गएपछि त्यसको असर नेपाली रुपैयाँमा पनि देखिएको हो ।

पछिल्लो एक महिनामा (२० फेब्रुअरी यता) अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ३.०४ भारुले सस्तिएको छ । यस अवधिमा नेपाली रुपैयाँ भने ५.५१ रुपैयाँले सस्तिएको छ ।

गत १ वर्षको अवधिमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ९ रुपैयाँ ६२ पैसाले सस्तिएको छ । गत वर्ष आजकै दिन अमेरिकी डलर १ बराबर नेपाली रुपैयाको बिक्री दर ११० रुपैयाँ ६६ पैसा थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३० प्रतिशतसम्मले घटेको छ । पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकहरुको समूह (ओपेक) र रुसबीचको उत्पादन कटौती गर्ने सम्झौता भंग भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आरोलो लागेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तेलको मूल्य आरालो लागेपछि लगानीकर्ताहरुले डरल सञ्चिती बढाउन थालेका छन् । तेलमा लगानी गर्नेहरुले डलरमा लगानी गर्न थालेपछि अमेरिकी डलर झन बलियो बन्दै गएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ३४ बजे

हुम्लाको ताँजाकोटमा खानेपानीको समस्या

हुम्ला– हुम्लाको ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानीको चरम समस्या भएको

कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

धादिङ– धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतो

एसियन गेम्स छनोट: सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज

बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

खोटाङ– बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ ।

हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशको