इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ | Khabarhub Khabarhub

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी डलको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर १ बराबर नेपाली रुपैयाँको बिक्री दर १२० रुपैयाँ २८ पैसा छ ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय दर छ । पछिल्लो समय डलरको तुनामा भारु कमजोर हुँदै गएपछि त्यसको असर नेपाली रुपैयाँमा पनि देखिएको हो ।

पछिल्लो एक महिनामा (२० फेब्रुअरी यता) अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ३.०४ भारुले सस्तिएको छ । यस अवधिमा नेपाली रुपैयाँ भने ५.५१ रुपैयाँले सस्तिएको छ ।

गत १ वर्षको अवधिमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ९ रुपैयाँ ६२ पैसाले सस्तिएको छ । गत वर्ष आजकै दिन अमेरिकी डलर १ बराबर नेपाली रुपैयाको बिक्री दर ११० रुपैयाँ ६६ पैसा थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३० प्रतिशतसम्मले घटेको छ । पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकहरुको समूह (ओपेक) र रुसबीचको उत्पादन कटौती गर्ने सम्झौता भंग भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आरोलो लागेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तेलको मूल्य आरालो लागेपछि लगानीकर्ताहरुले डरल सञ्चिती बढाउन थालेका छन् । तेलमा लगानी गर्नेहरुले डलरमा लगानी गर्न थालेपछि अमेरिकी डलर झन बलियो बन्दै गएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ३४ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा