म्याग्दीमा जीप दुर्घटना हुँदा ९ जना घाइते, गम्भीर अवस्थाका दुईलाई हेलिकोप्टरबाट पोखरा लगियो « Khabarhub

म्याग्दीमा जीप दुर्घटना हुँदा ९ जना घाइते, गम्भीर अवस्थाका दुईलाई हेलिकोप्टरबाट पोखरा लगियो


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्‍दी — म्याग्दीको रघुगंगा गाउँपालिकामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

रघुगंगा गाउँपालिका–४ दग्नामको कान्छीगाउँबाट बेनीआउँदै गरेको ग २ च ५९८८ नम्बरको जिप दुर्घटनामा परेको हो । रोकिराखेको जिप एक्कासी गुडेर सडकबाट लत खसेको थियो ।

प्रहरीले रोकिराखेको जिपमा चढेका बालबालिकाले गियर चलाउँदा जिप दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरेको छ । प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरका अनुसार घटनजाको अनुसन्धान भइरहेको छ ।

बेनी अस्पतालमा घाइतेहरुको उपचार भरहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट पोखरा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ४३ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र