कोभिड–१९ विषयमा सर्वोच्च अदालतमा पूर्ण बैठक शुरु « Khabarhub

कोभिड–१९ विषयमा सर्वोच्च अदालतमा पूर्ण बैठक शुरु


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सर्वोच्च अदालतमा विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्च अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने विषयमा छलफल गर्न पूर्ण बैठक शुरु भएको छ ।

अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक शुरु भएको हो । अदालतले मुद्दाको सुनुवाइ बन्द गरी आज पूर्ण बैठक बस्नेबारे यही चैत ५ गते निर्णय गरेको थियो ।

नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न अदालतसमक्ष आग्रह गरेको थियो ।

बारले यही चैत ४ प्रेस विज्ञप्तिमार्फत मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न आग्रह गरेको थियो ।

अदालतले नियमित परीक्षण गरेर मात्र सेवा प्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दीप्रत्यक्षीकरणको अत्यावश्यकबाहेक सेवा प्रवाह नगर्ने निर्णय गर्न बारले आग्रह गरेको हो ।

अदालतमा धेरै सेवाग्राहीको भीडभाड हुने कोरोनाको सङ्क्रमणको सम्भावना हुने हुँदा सङ्क्रमणको सम्भावना न्यूनीकरण गर्न माग गरिएको थियो । सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ५५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२