कोरोना सचेतना, हात धुन सिकाउनेदेखि माइकिङसम्म « Khabarhub

कोरोना सचेतना, हात धुन सिकाउनेदेखि माइकिङसम्म


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा दुई वटा अस्पतालमा आइसोलेसन शय्या तथा तानसेनको सेन माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना हुने भएको छ । तानसेनमा रहेको सेन माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गर्ने तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिए ।

उनले जिल्लाका विभिन्न टोल विकास संस्था, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, परिचालित गरेर स्वस्थ रहन अभिप्रेरित गर्ने बताए । कोरोनाको भाइरस नेपालमा फैलिन नदिन आशङ्का लागेका बिरामीलाई तानसेनको लुम्बिनी मेडिकल कलेज तथा युनाइटेड मिसन अस्पतालमा आइसोलेसन श्यया रहेको उनले बताए ।

रामपुर नगरपालिकाले पनि १० हजार मास्क वितरण, रामपुर अस्पतालमा पाँच वटा श्ययामा आइसोलेसन निर्माण, तथा अन्य जिल्लाबाट सवारी साधनमा रामपुर भित्रने यात्रुका लागि स्वास्थ्य जाँचका निम्ति सहायता कक्ष स्थापना गर्ने नगरप्रमुख रमणबहादुर थापाको भनाइ छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विभिन्न कार्यक्रम जिल्लाभरि भइरहेका छन् । दश स्थानीय तह रहेको पाल्पामा सबैजसो स्थानीय तहले फरकफरक सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सहायता कक्ष राखेर जाँच गरिने गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए ।

गाउँपालिकाले मास्क वितरण, पर्चा पम्पलेट वितरणसमेत गरेको छ । गाउँपालिका गाउँटोलमा कोरोनाबाट सङ्क्रमित नहुन तर सचेत रहन भन्दै माइकिङमार्फत आग्रह गरेको छ ।

रम्भा गाउँपालिकामा घरघरमै पुगेर स्वास्थ्यमूलक जानकारी गराइएको छ । सबै स्वास्थ्यसंस्थामा अभिमुखीकरण कार्यक्रम आयोजना गरी महिला स्वास्थ्य स्वयंसेविका, पोषण सहयोगी सहजकर्तालाई घरघरमा पुगेर नागरिकलाई सचेत रहन अनुरोध गर्ने, साबुनपानीले मिचिमिची हात धुन सिकाउने योजना अगाडि सारेको छ ।

एकसय १५ स्वयंसेवी परिचालन गरेर घरघरमा सचेतना बाँड्ने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । जिल्लाको पूर्वखोला गाउँपालिकाले गाउँका विकट क्षेत्रमा सबैभन्दा बढी चेतनाको विकास गर्न आवश्यकता ठानेर अभिमुखीकरण तथा हात धुने सीप सिकाउने कार्यलाई तीव्रता दिएको स्वास्थ्य शाखा संयोजक मोहन ढकालको भनाइ छ ।

बाक्लो मगर समुदायको बस्ती रहेको निस्दीमा टोलटोलमा कोरोनाको लक्षण, कोरोनाको सङ्क्रमणबाट बच्ने उपाय सिकाइएको गाउँपालिकाका उपाध्यक्ष रिता अर्यालले बताइन् ।

भारतसँग सिमाना जोडिएको क्षेत्रसँग नजिक र मानिसको ओहोरदोहोर बढी हुने क्षेत्र भएका कारण पाल्पामा बढी सुरक्षा संयमता अपनाएको स्थानीय तहले जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १२ : १५ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील