अब सडकमा मापसे चेकिङ नहुने, शंका लागे सिधै अस्पताल पुर्‍याइने « Khabarhub

अब सडकमा मापसे चेकिङ नहुने, शंका लागे सिधै अस्पताल पुर्‍याइने


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भन्दै ट्राफिक प्रहरीले सडकमा गर्ने गरेको मादक पदार्थ सेवन (मापसे) चेकिङ बन्द गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले सडकमा गरिने मापसे चेकिङ बन्द भएको बताए ।

तर, शंका लागेको अवस्थामा सवारी चालकलाई अस्पतालमा लगेर मदिरा सेवन गरे नगरेको परीक्षण गरिने एसएसपी ढकालको भनाइ छ । अस्पतालमा मापसे चेकिङ गर्दा लागेको खर्च सवारी चालक आफैंले व्यहोर्नु पर्ने छ ।

यसअघि ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर हिरासतमा समेत राख्ने थर्थ्यो । तर, अब भने अस्पतालमा परीक्षण गरेपछि परिवारको जिम्मा लगाएर छाडिने छ ।

‘सडकमा नियमित रुपमा ट्राफिक प्रहरीको पेट्रोलिङ भइरहन्छ । कुनै चालकले मापसे गरेर सवारी चलाएको शंका लागेमा अब सडकमै नभएर अस्पताल लगेर परीक्षण गरिन्छ,’ एसएसपी ढकालले भने, ‘यसरी परीक्षण गर्दा लागेको खर्च सवारी चालकबाटै लिइने छ । मापसे गरेको पाइएमा जरिवाना पनि तिराइने छ ।’

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने तथा मापसे गरेर सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा पनि तत्कालका लागि स्थगित गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : १७ बजे

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,