अत्यावश्यक बाहेक ओपीडी र अप्रेसन बन्द गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

अत्यावश्यक बाहेक ओपीडी र अप्रेसन बन्द गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँका ५० वा सोभन्दा बढी शय्या भएका अस्पताललाई ओपीडी सेवा र अप्रेसन सेवा चैत्र मसानतसम्म बन्द गर्न निर्देशन दिएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरु चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले शंकास्पद बिरामीहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्न सबै अस्पतालहरुलाई निर्देशन समेत दिएको छ ।

कोरोको नमूना परीक्षणका लागि योग्य मानिएका वीर अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै एक सय वेड भन्दा माथिका अस्पतालहरुलाई ज्वरो क्लिनिक संचालन गर्न निर्देशन दिएको विषयमा अनुगमन गर्ने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षाका लागि २० हजार स्याम्पल टेष्ट तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

कोरोनाको आशंका गरिएका बिरामीलाई रेफर नगरी आफ्नै अस्पतालमा आइसोलेसनमा राखी उपचार गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बिरामी आइसियुमा रहेको अवस्थामा डायलाइसिस समेत आवश्यक पर्न सक्ने भन्दै वीर अस्पताललाई जनशक्ति सहित शुक्रराज अस्पतालमा एउटा डायलाइसिस मेसिन उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयले कोरोनाको सन्दर्भमा गरेको १५ निर्णय

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  २ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै