नागरिकतामा जन्म मिति सच्याउने खरिदारविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

नागरिकतामा जन्म मिति सच्याउने खरिदारविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घुस लिएर नागरिकतामा नाम र जन्म मिति सच्याउने जिल्ला प्रशासन कार्यालय मोरङका खरिदार र लेखापढी व्यवसायीविरुद्ध ६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय मोरङका खरिदार टेकबहादुर श्रेष्ठ र मोरङको बेलबारी नगरपालिका वडा नम्बर २ को कार्यालय बाहिर लेखापढी व्यवसाय गर्ने तीर्थराज गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार लेखापढी व्यवसायी गिरीले भारतीय सेनामा कार्यरत एकजना सेवाग्राहीको भारतीय सेनामै रहेको कागजात अनुसार नेपाली नागरिकतामा नाम र जन्म मिति सच्याउन ६ लाख रुपैयाँ घुस लिएका थिए ।

गिरीले जिल्ला प्रशासन कार्यालय मोरङका खरिदार श्रेष्ठसँगको मिलेमतोमा पदमबहादुर लिम्बु भनिने बमबहादुर लिम्बुको नागरिकता प्रमाणपत्रमा जन्म मिति र नाम संशोधन गरेका थिए ।

उक्त कार्यका लागि गिरीले सेवाग्राही लिम्बुबाट ६ लाख रुपैयाँ घुस लिएर खरिदार श्रेष्ठलाई १ लाख रुपैयाँ दिएका थिए ।

अख्तियारले गरेको अनुसन्धानका क्रममा जिल्ला प्रशासन कार्यालयका खरिदार श्रेष्ठले १ लाख रुपैयाँ घुस लिएको प्रमाणित भइसकेको छ ।

अख्तियारले खरिदार श्रेष्ठविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र ६ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

यस्तै, लेखापढी व्यवसायी गिरीविरुद्ध ६ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  २ : ४४ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम