२५ जना भन्दा धेरै मलामी नआउन आग्रह, भोलिदेखि पशुपतिको आरती पनि बन्द « Khabarhub

२५ जना भन्दा धेरै मलामी नआउन आग्रह, भोलिदेखि पशुपतिको आरती पनि बन्द


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले सम्भव भएसम्म २५ जना भन्दा धेरै मलामी नआउन अनुरोध गरेको छ ।

सरकारले २५ जना भन्दा धेरै एकै स्थानमा भेला हुन नपाउने निर्णय गरेसँगै पशुपति क्षेत्र विकास कोषले पनि पशुपति आर्यघाटमा धेरै उपस्थित नहुन आग्रह गरेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले यसबारे सूचना दिइएको बताए । यसबारे हिजो सूचना जारी गरिएको र त्यसको अनुगमन पनि भइरहेको उनले बताए ।

‘हामीले २५ जना भन्दा धेरै जना नआउन अनुरोध गरेका छौं’ ढकालले भने,‘परिस्थितिलाई हेरेर सबैलाई यसको पालन गर्न आह्वन गरिएको छ ।’ उनले पशुपतिमा नियमति हुँदै आएको आरती पनि बन्द गर्ने तयारी गरिएको जानकारी दिए ।

‘पशुपतिनाथको नित्य पूजा जारी रहन्छ तर बाहिर हुँदै आएको आरती भने भोलिदेखि बन्द गर्ने तयारी गरिएको छ’ उनले भने ।

यसअघि विहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले मठ मन्दिर र धार्मिक स्थलमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालुरदर्शनार्थी भेला नहुन आग्रह गरेको थियो । यसरी लामबद्ध हुने दर्शनार्थीरतीर्थालुहरुबीचको दूरी कम्तीमा १ मीटर कायम गर्ने बताएको थियो ।

विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालुरदर्शनार्थी भेला नहुने व्यवस्था मिलाउने । त्यस्ता स्थलहरुमा लामबद्ध हुने दर्शनार्थीरतीर्थालुहरुबीचको दूरी कम्तीमा १ मीटर कायम गर्ने व्यवस्था मिलाउने । साबुन पानीले हात खुट्टा धुने प्रवन्ध मिलाउने । सबै तीर्थालुहरुलाई अनिवार्य माक्स लगाउन सूचित गर्ने । यस्ता स्थलहरुमा निश्चित अन्तरालमा सरसफाइ एवम् डिस्इन्फेकसन गर्ने गराउने निर्णय बैठकले गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ३ : २७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको