२५ जना भन्दा धेरै मलामी नआउन आग्रह, भोलिदेखि पशुपतिको आरती पनि बन्द « Khabarhub

२५ जना भन्दा धेरै मलामी नआउन आग्रह, भोलिदेखि पशुपतिको आरती पनि बन्द


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले सम्भव भएसम्म २५ जना भन्दा धेरै मलामी नआउन अनुरोध गरेको छ ।

सरकारले २५ जना भन्दा धेरै एकै स्थानमा भेला हुन नपाउने निर्णय गरेसँगै पशुपति क्षेत्र विकास कोषले पनि पशुपति आर्यघाटमा धेरै उपस्थित नहुन आग्रह गरेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले यसबारे सूचना दिइएको बताए । यसबारे हिजो सूचना जारी गरिएको र त्यसको अनुगमन पनि भइरहेको उनले बताए ।

‘हामीले २५ जना भन्दा धेरै जना नआउन अनुरोध गरेका छौं’ ढकालले भने,‘परिस्थितिलाई हेरेर सबैलाई यसको पालन गर्न आह्वन गरिएको छ ।’ उनले पशुपतिमा नियमति हुँदै आएको आरती पनि बन्द गर्ने तयारी गरिएको जानकारी दिए ।

‘पशुपतिनाथको नित्य पूजा जारी रहन्छ तर बाहिर हुँदै आएको आरती भने भोलिदेखि बन्द गर्ने तयारी गरिएको छ’ उनले भने ।

यसअघि विहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले मठ मन्दिर र धार्मिक स्थलमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालुरदर्शनार्थी भेला नहुन आग्रह गरेको थियो । यसरी लामबद्ध हुने दर्शनार्थीरतीर्थालुहरुबीचको दूरी कम्तीमा १ मीटर कायम गर्ने बताएको थियो ।

विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालुरदर्शनार्थी भेला नहुने व्यवस्था मिलाउने । त्यस्ता स्थलहरुमा लामबद्ध हुने दर्शनार्थीरतीर्थालुहरुबीचको दूरी कम्तीमा १ मीटर कायम गर्ने व्यवस्था मिलाउने । साबुन पानीले हात खुट्टा धुने प्रवन्ध मिलाउने । सबै तीर्थालुहरुलाई अनिवार्य माक्स लगाउन सूचित गर्ने । यस्ता स्थलहरुमा निश्चित अन्तरालमा सरसफाइ एवम् डिस्इन्फेकसन गर्ने गराउने निर्णय बैठकले गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ३ : २७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते