अभिषेकले नक्कली हीराको औंठी दिएर राखेका थिए ऐश्वर्यासँग बिहेको प्रस्ताव « Khabarhub

अभिषेकले नक्कली हीराको औंठी दिएर राखेका थिए ऐश्वर्यासँग बिहेको प्रस्ताव


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायको जोडी बलिउडको सुन्दर जोडीमध्ये एक हो । यी दुईले सन् २००७ मा बिहे गरेका थिए । आज यो जोडीको एनिभर्सरी पनि हो ।

अभिषेक र ऐश्वर्याबीच एक फिल्मको शूटिङका दौरान प्रेम बसेको थियो । अभिषेकले सेटमै ऐश्वर्यालाई प्रेमप्रस्ताव राखेका थिए ।

रमाइलो कुरा त के छ भने अभिषेकले नक्कली हीराका औंठी दिएर ऐश्वर्यासँग प्रेमप्रस्ताव राखेका थिए । अभिषेकले एक अन्तर्वार्तामा बताएका छन् कि, न्युयोर्कमा शूटिङ चलिरहेको थियो, त्यतिबेला अभिषेकले सोचेका थिए, बिहे गरेर दुवै एकसाथ भयो भने कति राम्रो हुन्थ्यो ।

‘त्यसको केही समयपछि हामी फिल्म गुरुको प्रिमियरका बेला एकसाथ भयौं, त्यतिबेला मैले ऐश्वर्यालाई बाल्कोनीमा लगें र सोधें, मसँग बिहे गर्छौ ?,’ अभिषेकले भनेका छन् ।

ऐश्वर्यालाई पनि अभिषेकको प्रेम सच्चा लाग्यो । त्यतिबेला त्यो सबै यति छिटो भयो कि, ऐश्वर्याले धेरै सोच्न पनि पाइनन् । त्यसपछि यी दुवैले बिहे गर्ने निर्णय गरे ।

पहिलोपटक ऐश्वर्या र अभिषेकको भेट सन् १९९७ मा प्रदर्शन भएको फिल्म ‘और प्यार हो गया’ का दौरान भएको थियो । फिल्ममा ऐश्वर्याले अभिषेकका मिल्ने साथी बबी देओलसँग काम गरेकी थिइन् ।

अभिषेक र ऐश्वर्याले पछि ‘ढाई अक्षर प्रेम के’ र ‘कुछ ना कहो’ मा काम गरे । तर, फिल्म ‘गुरु’ का बेला यी दुईको सम्बन्ध थप बलियो भयो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ०६ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय