नेकपा सचिवालय बैठक बालुवाटारमा « Khabarhub

नेकपा सचिवालय बैठक बालुवाटारमा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक रुपमा बोलाइएको सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अगाडिदेखि मात्रै सचिवालय बैठक शुरु भएको हो ।

सोमबारको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेकपाको सचिवालय बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपराह्न ५ः३० बजे बोलाइएको सचिवालय बैठक आधा घण्टा ढिलो गरी ६ बजेतिर शुरु भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको ठाडो प्रस्तावमा राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो बनाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

हाल राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद बैठकको उक्त निर्णयपछि नेकपामा हलचल मच्चिएको छ । प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न अध्यादेश ल्याउन लागेको भन्दै नेकपाकै केही नेताहरुले आश्चर्य व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : १५ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५