विभिन्न भू-भागमा वर्षा, बाढी - पहिरोको खतरा रहेकाले सतर्क रहन आह्वान | Khabarhub Khabarhub

विभिन्न भू-भागमा वर्षा, बाढी – पहिरोको खतरा रहेकाले सतर्क रहन आह्वान


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुन सक्रिय भएसँगै मुलुकभर वर्षा सुरू भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ ।

भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा न्यून चापीय प्रणाली अवस्थित रहेकाले त्यसको प्रभावले मुलुकका विभिन्न भू-भागमा दिउँसोसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक – दुई स्थानहरुमा भारी वर्षाको सम्भावना  रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत  प्रभावित हुने सम्भावना  रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ८ : ०० बजे

एनपीएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई

आलुको व्यावसायिक खेती एक करोड ५० लाख विनियोजन

पर्वत– कृषि विकास निर्देशनालयले खायन आलुको व्यावसायिक खेती गर्न एक

बालअधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह

काठमाडौं– आज नोभेम्बर २० तारिख विश्वभर विविध कार्यक्रम गरी विश्व

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं–  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस

काठमाडौं– साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई