शनिबार एकैदिन थपिए ३३१ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित) | Khabarhub Khabarhub

शनिबार एकैदिन थपिए ३३१ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार ६०५ पुगेको जानकारी दिएका हुन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनुसा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ जना पुरुष, सुनसरीका २ जना महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २ महिला र २२ पुरुष र सर्लाहीका एक महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नारायणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा बाराका ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एकजना महिला, बाग्लुङका एक महिला र १३ पुरुष, बैतडीका १८ जना पुरुष, गुल्मीका २ महिला र १६ पुरुष, डडेल्धुराका ५ महिला र ७ पुरुष, डोटीका ९ महिला र ५२ पुरुष, कैलालीका एक पुरुष र काठमाडौंका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नवलपरासी पूर्वका ३ महिला र १४ जना पुरुष, नवलपरासी पश्चिमका १ जना पुरुष, पाल्पाका एकजना पुरष, रामेछापका एकमहिला र २ जना पुरुष, रौतहटका २ जना पुरुष, रुपन्देहीका एकजना पुरुष र सर्लाहीका ६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा धादिङकी एकजना महिला र ७ जना पुरुष, पाल्पाका एकजना महिला र १५ जना पुरुष र भक्तपुरका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पुर्वका ४ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका एक महिला र ४ जना पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कैलालीका २ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ३ महिला र ३ पुरुष, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पुर्वका ११ जना पुरुष र तनहुँका २३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वासथ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका ४ जना महिला र १२ पुरुष, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ महिला र १२ जना पुरुष, बर्दियाका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पश्चिमका एक पुरुष, दाङका २ महिला र २ पुरुष र प्युठानका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ८ हजार ६०५ पुगेको छ । कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म नेपालका ७४ जिल्लामा कोरोना संक्रमित भेटिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा १७६ जना डिस्चार्ज

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आज कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज हुनेमा सिरहा अस्पतालबाट २६ पुरुष, जानकी अस्पताल बाँकेबाट ४१ जना पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट १३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै, कोसी अस्पतालबाट मोरङका १ जना पुरुष र १ जना महिला, खोटाङका ३ जना पुरुष, सुनसरीका १ पुरुष र २ महिला, उदयपुरका १ पुरुष र १ महिला गरी जम्मा १० जना कोसी अस्पताल डिस्चार्ज भएका छन् ।

प्रवक्ता गौतमका अनुसार सुर्खेतबाट सल्यानका ११ जना पुरुष र सुर्खेतका १३ जना पुरुष गरी २४ जना डिस्चार्ज भएका छन् ।

कोरोना विशेष अस्पताल दाङबाट २जना महिला र ३ जना पुरुष डिस्चार्ज भएका छन् । मनहरी आइसोलेशनबाट १ जना महिला र ५ जना पुरुष गरी ६ जना डिस्चार्ज भएका छन् ।

डडेलधुरा अस्पताल २ जना अछाम अस्पतालबाट ५ जना, दार्चुला अस्पतालबाट २ जना, डोटी अस्पताल ९ जना, धनगढीबाट ८ पुरुष, टीकापुरु अस्पतालबाट ४ जना, नेपालगन्ज मेडिकलबाट १ जना, महाकाली अस्पतालबाट ८ जना र भरपुरबाट ६ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ५७८ पुगेको छ । जनामध्ये १ सय ४१ जना महिला र १ हजार ४ सय ३७ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ४ सय १६ जनाको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म १ लाख ५९ हजार ६५ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा गौतमको भनाइ छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ४ : ४५ बजे

गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

जलेश्वर– विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय

लेबनानको हिजबुल्लाहमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

एजेन्सी– लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विषेश छुट

काठमाडौं– एनएमबी बैंक लिमिटेड र बुद्ध एयरले एनएमबी बुद्ध भिसा

दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा ६

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

काठमाडौं– खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन