शान्तिपूर्ण तवरले सीमा समस्या समाधान गर्न भारत र चीनलाई नेपालको सुझाव « Khabarhub

शान्तिपूर्ण तवरले सीमा समस्या समाधान गर्न भारत र चीनलाई नेपालको सुझाव


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले दुई छिमेकी राष्ट्र भारत र चीनबीच पछिल्लो समयमा देखिएको सीमा समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाव दिएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह विज्ञप्ति जारी गर्दै लद्दाखको गलवान उपत्यका क्षेत्रमा भएको भिडन्तपछि उब्जिएको समस्या शान्तिपूर्ण तवरले समाधान गर्न सुझाव दिएको हो ।

‘असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय,क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त छ,’ विज्ञप्तीमा उल्लेख छ ।

नेपालले दुई मित्रवत छिमेकीहरु समस्या समाधानमा समक्ष रहने समेत विश्वास व्यक्त गरेको छ ।

१५ जुनका दिन गलवान भ्यालीमा सीमा विवादलाई लिएर भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो ।झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार