कुवेतबाट फर्किएका १०३ मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कुवेतबाट फर्किएका १०३ मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुवेतबाट नेपाल फर्किएका १ सय ३ जनामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कुवेतबाट नेपाल फर्किएका १ सय ३ जना मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रवक्ता पाण्डेका अनुसार कुवेतबाट विहीबार नेपाल फर्किएका सबैलाई भक्तपुरको नेपाल विद्युत प्राधिकरणका तालिम केन्द्रमा राखिएको थियो ।

जसमध्ये एक जनालाई दुईदिन अघि नै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ ।

यस्तै अन्य १ सय २ जनाको आज आएको पीसीआर परीक्षणको नतिजामा ८ जनामा पोजेटिभ देखिएको हो  ।

उनीहरुमध्ये मोरङको रतुवामाई–८ की ४२ वर्षकी महिला, मोङकै पार्थी– १० की ४१ वर्षकी महिला, कास्की धान्द्रुककी २३ वर्षकी महिला, नवलपरासीको देवचुलीकी २९ वर्षकी महिला, झापा हल्दिबारीकी ३७ वर्षकी महिला, नवलपरासी कावासोती–४ की ३३ वर्षकी महिला, सुर्खेत छिन्चु– ५ की २८ वर्षकी महिला र बाराकी २८ वर्षकी महिला रहेका छन् ।

यस्तै यसअघि नै अस्पतालमा भर्ना भएकी एक जना महिला नवलपरासीकी रहेको उनले बताए ।

उनलाई टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ भने आज संक्रमण पुष्टि भएका ८ जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

कुवेतबाट नेपाल आएका १०३ मध्ये ९४ जनाको भने पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता पाण्डेले खबरहबलाई जानकारी दिए ।

यस्तै पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएकालाई भने सम्भव हुनेहरुलाई होम क्वारेन्टाइनमा पठाउने तयारी भएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : ४४ बजे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल