सडकमा अलपत्र आमा र बच्चालाई सोनुले घर दिने | Khabarhub Khabarhub

सडकमा अलपत्र आमा र बच्चालाई सोनुले घर दिने


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेता सोनु सुदले सडकमा अलपत्र महिला र बच्चाका लागि घर दिने घोषणा गरेका छन।

पछिल्लो समय लकडाउनमा प्रवासी मजदुरका लागि यातायातदेखि खान बस्नसम्म सहयोग गर्दै आएका सोनुले पटनामा अलपत्र परिवारलाई घर दिने निर्णय गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा अंकित राजगढियाले सोनुलाई मेन्सन गरेर घरबेटीले कोठाबाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिलाको तस्विर शेयर गरेका थिए। उक्त ट्वीटमा प्रतिक्रिया दिँदै सोनुले यो परिवारले घर पाउने उल्लेख गरेका छन।

अंकिले लेखेका छन, ‘सर पतिको मृत्युपछि यी महिला पटनामा बस्दै आएकी थिइन्। घरबेटीले कोठाबाट निकालिदिए। एक महिनादेखि सडकको किनारमा बसिरहेकी छिन्। २ साना बच्चा भोकले तड्पिरहेका छन। तपाईले सहयोग गर्नुस्। सरकारसँग यिनको कुनै आशा छैन।’

जवाफमा सोनुले लेखेका छन, ‘भोलि यो परिवारको शिरमा छत हुनेछ। यी साना बालकका लागि एक घर जरुर हुनेछ।’ सोनुको जवाफपछि धेरैले उनलाई धन्यवाद दिएका छन ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १२ : ०८ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)