बारामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

बारामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा एकै पटक ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना संक्रमणको दर कम भइरहेको दावी गर्दैगर्दा बारामा एकै जिल्लामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायाणी अस्पतालको प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको र ती सबै बाराका रहेको अस्पतालका निर्देशक डाक्टर मदन उपाध्यायले खबरहबलाई बताए ।

अस्पतालका निर्देशक डा उपाध्यायका अनुसार संक्रमण पुष्टि भएकाहरु सुवर्ण गाउँपालिकाका र देवलात गाउँपालिकामा रहेका व्यक्तिहरु हुन् ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार नयाँ थपिएका संक्रमितमध्ये ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ५ जना गाउँपालिकाका कर्मचारी र अन्य स्वास्थ्यकर्मीका परिवारका सदस्यहरु सहित ४६ जना छन् ।

ती मध्ये ११ जना महिला र ३५ जना पुरुष रहेको प्रजिअ पण्डितले बताए ।

‘देवताल गाउँपालिकाले आफ्नो कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरुको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो,’ प्रजिअ पण्डितले खबरहबसँग भने, ‘ती मध्ये ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, अन्य कर्मचारी ५ जना सहित ४६ जना छन् ।’

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १ : ४७ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा