बारामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

बारामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा एकै पटक ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना संक्रमणको दर कम भइरहेको दावी गर्दैगर्दा बारामा एकै जिल्लामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायाणी अस्पतालको प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको र ती सबै बाराका रहेको अस्पतालका निर्देशक डाक्टर मदन उपाध्यायले खबरहबलाई बताए ।

अस्पतालका निर्देशक डा उपाध्यायका अनुसार संक्रमण पुष्टि भएकाहरु सुवर्ण गाउँपालिकाका र देवलात गाउँपालिकामा रहेका व्यक्तिहरु हुन् ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार नयाँ थपिएका संक्रमितमध्ये ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ५ जना गाउँपालिकाका कर्मचारी र अन्य स्वास्थ्यकर्मीका परिवारका सदस्यहरु सहित ४६ जना छन् ।

ती मध्ये ११ जना महिला र ३५ जना पुरुष रहेको प्रजिअ पण्डितले बताए ।

‘देवताल गाउँपालिकाले आफ्नो कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरुको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो,’ प्रजिअ पण्डितले खबरहबसँग भने, ‘ती मध्ये ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, अन्य कर्मचारी ५ जना सहित ४६ जना छन् ।’

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १ : ४७ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको