नेपालका ७ जिल्ला कोरोनामुक्त, ३ जिल्लामा ५०० बढी संक्रमित « Khabarhub

नेपालका ७ जिल्ला कोरोनामुक्त, ३ जिल्लामा ५०० बढी संक्रमित


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म नेपालका सात जिल्ला कोरोना संक्रमण मुक्त भएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएका हुन् । यहाँ भएका सबै संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म ८ जिल्ला संक्रमणमुक्त रहेको भएपनि पछिल्लो २४ घण्टामा हुम्लामा एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा हुम्लाका एकजनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार यी सात जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै जना निको भएर घर फर्किएका छन् । यस्तै रौतहट, कैलाली र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।

सोमबार नेपालमा १८६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । मन्त्रालयकाअनुसार नेपालमा अब सङ्क्रमितको सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ ।

सोमबार कोरोनामुक्त भएर १७३ जना घर फर्किएका छन् । याेसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या ११ हजार आठ सय ६८ पुगेकाे छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : ५९ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।