कोरोनाका कारण टी–२० विश्वकप पनि सर्‍यो « Khabarhub

कोरोनाका कारण टी–२० विश्वकप पनि सर्‍यो


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा हुने तय भएको आईसीसी टी–२० विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ ।

सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को कार्यकारी समितिले नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्वकप क्रिकेट सार्ने निर्णय गरेको हो ।

आईसीसीले जारी गरेको विज्ञप्ति अनुसार अब आईसीसी विश्वकप २०२१ को अक्टोबरमा हुनेछ ।

अक्टोबरमा शुरु हुने प्रतियोगिताको फाइनल नोभेम्बर १४ मा हुने आइसीसीले जनाएको छ । यही वर्षको अक्टोबरमा प्रतियोगिता हुने तय थियो ।

यस्तै, २०२३ मा भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकप पनि केही महिना पछि धकेलिएको छ ।

२०२३ को फ्रेब्रुअरीमा मार्चसम्म हुने तय भएको विश्वकप अक्टोबर नोभेम्बरका लागि सारिएको छ । कोरोना महामारीलाई ध्यानमा राख्दै विश्वकप सारिएको आईसीसीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : २७ बजे

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार