यसकारण चिनियाँ राष्ट्रपतिको कल्पनालाई वास्तविकताले कुल्चिनेछ ! « Khabarhub

यसकारण चिनियाँ राष्ट्रपतिको कल्पनालाई वास्तविकताले कुल्चिनेछ !


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनको आजीवन नेतृत्वमा रहने शक्ति आर्जन गरेका छन् । उनले चीनको आजीवन नेतृत्वसँगै विश्वमा शासन गर्ने कल्पना पनि गरेका छन् ।

त्यसका विभिन्‍न बाछिटाहरु कोरोना महामारीका कारण भारत, भुटान, जापानलगायत छिमेकीमाथि उसले देखाएको व्यवहारले प्रष्ट पारेको छ ।

चीनले भारतीय भूमिमा आँखा गाडेको नौलो नभए पनि पछिल्लो समय विश्व महामारीको सामना गरिरहेका बेला देखाएको आक्रामक व्यवहार राष्ट्रपति सीको विश्व शक्तिमान बन्‍ने हतारोलाई झल्काउँछ । जसको परिणामस्वरुप चीनले जुन १५ मा भारतको पूर्वी लद्दाखको गलवान भ्यालीमा भारतीय सेनामाथि आक्रमण गर्‍यो ।

भारतसँगको वार्ताका क्रममा सीमा समस्या वार्तामार्फत समाधान गर्ने सहमति गरेको ९ दिनपछि गलवानमा भारतीय भूमिमा पसेर भारतीय सेनामाथि आक्रमण गरेको हो । बोली व्यवहारमा फरकपन देखाउने चीनको विश्वसनीयतामाथि प्रश्‍न उठेको अवस्था छ । उक्त आक्रमणमा भारततर्फका २० जना सैनिक मारिएका थिए भने चीनले आफ्नोतर्फ मारिएका सेनाको विवरण भने सार्वजनिक गरेन ।

उक्त हिंसात्मक आक्रमणपछि दुबै मुलुकका विदेश मन्त्री, उच्च सुरक्षा अधिकारी र सैन्य अधिकारीबीच वार्ताहरु भएका छन् । वार्ताका क्रममा दुबै मुलुकले संवादमार्फत नै समस्या समाधान गर्ने सहमति गरेका छन् ।

यहीबीचमा गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखको लेह पुगे र सेनाको हौसला बढाउनुका साथै सेनालाई सम्बोधन गरे । उनले चलाखीपूर्वक चीनको नाम नलिएर चीनलाई गतिलो झापड दिएका छन् ।

उनले भने, “अब विस्तारवादको युग समाप्त भइसकेको छ । यो समय भनेको विकासको समय हो ।” भारतीय प्रधानमन्त्री मोदीको उक्त अभिव्यक्ति चीनको टाउको दुखाइ विषय बनेको छ । अहिले चीनले भारतीय सीमा क्षेत्रमा बढाएको सैन्य उपस्थितिलाई ब्याक गरेको छ ।

भारतीय एक लेखकले भनेका छन्, “हामी दार्शनिक, वैचारिक र संवैधानिकरुपमा आफ्नो देखिएको सीमाको रक्षाका लागि कटिबद्धमात्र छैनौं, भारतको नक्सामा भएको भूमि भारतलाई फिर्ला ल्याउनसमेत तत्पर छौं । स्वतन्त्रताका ७० वर्षमा हामीले भारतबाहेकको कसैको भूमि एक इन्‍च पनि लिएका छैनौं ।”

प्रधानमन्त्री मोदीको स्ट्याण्ड र विश्वव्यापी आलोचनाका कारण चीनको कल्पनाको संसारलाई वास्तविकताले कुल्चिदिएको छ र आगामी दिनमा चीन थप दबाबमा पर्ने देखिन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ३४ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर