विश्वभर ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त  « Khabarhub

विश्वभर ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त 


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभरका ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७४ प्रतिशत व्यक्तिले कोरोनालाई परास्त गरेका छन् ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड ६३ लाख ५ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ३ लाख ४७ हजार ६३४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने २ लाख ३९ हजार २५४ जना निको भएर घर फर्किएका छन् ।

यस्तै एकै दिन थप ४ हजार ३८९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख २२ हजार ७५८ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८४ लाख ५६ हजार ६५३ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ९४ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ५१ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४० हजार २५९ जनाको मृत्यु भएको छ । ७१ लाख ६१ हजार ३४६ जना संक्रमित भएकोमा ३२ लाख २९ हजार ९८५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ३८ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन