बाइडेन लकडाउन चाहन्छन्, म त्यस्तो हुन दिन्न : ट्रम्प « Khabarhub

बाइडेन लकडाउन चाहन्छन्, म त्यस्तो हुन दिन्न : ट्रम्प


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा लकडाउन गरेर अमेरिकीलाई डिप्रेशन हुन नदिने बताएका छन् ।

नभाडामा आइतबार भएको चुनावी सभामा राष्ट्रपति ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावमा आफ्ना डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा सुनेर लकडाउन चाहिरहेको बताए ।

ट्रम्पले भने, ‘जो बाइडेनले वैज्ञानिकको कुरा सुनेर कोरोना भाइरस सामु आत्मसमर्पण गर्छन् । उनी लकडाउन चाहन्छन् । यदी मैले वैज्ञानिकको कुरा सुनेर लकडाउन गरेको भए देश डिप्रेशनको ठूलो समस्यामा हुने थियो ।’

विज्ञहरुले भने पूर्ण रुपमा वैज्ञानिकको कुरा सुनेर सो अनुसार काम गरेको भए दशौँ हजार अमेरिकीको ज्यान बच्न सक्ने बताउँदै आएका छन् । तर, विज्ञहरूको आलोचना गरेका ट्रम्पका अधिकांश समर्थकले मास्कसमेत लगाएका थिएनन् ।

ट्रम्पले सोमबार नै ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका विज्ञ डा. एन्थोनी फाउचीको आलोचना गरे । फाउचीसहितका विज्ञ तथा वैज्ञानिकहरुलाई ‘इडियट’ सम्म भनेका छन् ।

ट्रम्प र डा. फाउचीबिच तनावपूर्ण सम्बन्ध रहेको विगतमा पनि सार्वजनिक भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ८४ लाखभन्दा बढी संक्रमित भएका छन् । कोरोनाकै कारण त्यहाँ २ लाख २५ हजारको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १० : ५९ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी