मास्क नलगाएकोमा चिलीका राष्ट्रपतिलाई तिराइयो ४ लाख जरिवाना « Khabarhub

मास्क नलगाएकोमा चिलीका राष्ट्रपतिलाई तिराइयो ४ लाख जरिवाना


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरस महामारीको महामारीमा लगाइएका प्रतिबन्ध अवज्ञा गरेपछि चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३ हजार ५०० डलर अर्थात् (४ लाख ११ हजार रुपैयाँ) जरिवाना तिराइएको छ ।

यो महिनाको सुरुवातमा एक महिलासँग बिना मास्क तस्वीर खिचेका राष्ट्रपति पिन्येराले महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध तोडेको भन्दै जरिवाना तिराइएको बीबीसी हिन्दीले जनाएको छ ।

सोसल मिडियामा भाइरल भएको ती महिलासँगको राष्ट्रपति पिन्येराको सेल्फी तस्वीरमा दुबै जनाले मास्क लगाएको देखिदैन ।

चिलीमा मास्क नलगाउँदा जरिवाना र जेल सजायको पनि प्रावधान छ । वर्ल्डोमिटर्सका अनुसार चिलीमा ५ लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ३४ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको