स्वामी विवेकानन्दका मननयोग्य भनाइहरु « Khabarhub

स्वामी विवेकानन्दका मननयोग्य भनाइहरु


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वामी विवेकानन्द एक कर्मयोगी सन्त, हिन्दुदर्शनका चिन्तक एवम् एक कर्मठ समाजसेवी थिए । पिता विश्वनाथ दत्त र माता मुवनेश्वरीदेवी दत्तका जेष्ठ सुपुत्रका रुपमा उनको जन्म १८६३, जनवरी १२ मा भारतको कलकत्तामा भएको थियो ।

सानैदेखि आध्यात्मिक चिन्तमा रमाउने विवेकानन्दले पूर्वीय दर्शन, धर्म साहित्य र ज्ञानविज्ञानका क्षेत्रमा दक्षता र निपूर्णता हासिल गरे ।

स्वामी विवेकान्द आफूमा भएको विलक्षण प्रतिभाकै कारण विश्वप्रशिद्ध बन्न पुगे । उनका केही जीवनपयोगी भनाइ यस्ता छन्–

–दिनमा एकपटक आफैँसँग कुरा गर्नुहोस्, अन्यथा तपाईं यस संसारमा एक उत्कृष्ट व्यक्तिलाई भेट्ने अवसर गुमाउनु हुने छ ।

–यदि म मेरो असीम गल्तीहरूको बाबजुद पनि आफैँलाई माया गर्न सक्छु भने केही गल्तीहरूको झलकमा म कसैलाई कसरी घृणा गर्न सक्छु ।

– आफ्नो जीवनमा जोखिम लिनुहोस् । यदि तपाईं जित्नुभयो भने, तपाईं नेतृत्व गर्न सक्नुहुन्छ र यदि तपाईं हार्नुभयो भने, तपाईं मार्गदर्शन गर्न सक्नुहुन्छ ।

– जसले तिमीलाई मद्दत गरिरहेको छ तिनीहरूलाई बिर्सनु हुँदैन । जसले तिमीलाई माया गर्दै छ, तिनीहरूलाई घृणा गर्नु हुँदैन । जसले तपाईंलाई विश्वास गर्दै छ, तिनीहरूलाई धोका दिनु हुँदैन ।

– अरूबाट राम्रो चिजहरू सिक्नुहोस् तर त्यसलाई ल्याएर आफ्नै तरिकाले अवशोषित गर्नुहोस् । अरू जस्तो नबन्नुहोस् ।

– मानिस रुपैयाँविना गरिब हुँदैन तर सपना र महत्वाकांक्षाविना वास्तवमै गरिब हुन्छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १० : २२ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै