धादिङ मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत « Khabarhub

धादिङ मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अपराह्न धादिङमा भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ, प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ, बेलबहादुर गुरूङ, विदुर गुरूङ, तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

घाइतेहरुलाई काठमाडौं ल्याउन गएको हेलिकोप्टर

अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् ।

मंगलबार अपराह्न ग–१ ख ८०१२ नम्बरको मिनी ट्रक नीलकण्ठ नगरपालिका–८ मैदी भञ्ज्याङमा दुर्घटना भएको थियो ।

नीलकण्ठ नगरपालिका– १ भुलभुलेबाट ढोला मण्डलीमा पूजा गर्न गई फर्किने क्रममा उक्त ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ८ : ३७ बजे

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

दमौली– बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान