‘सेन्टीभाइरस’ हेर्न हलमा उर्लिए दर्शक, भने – धुर्मुस सुन्तली हाई हाई ! « Khabarhub

‘सेन्टीभाइरस’ हेर्न हलमा उर्लिए दर्शक, भने – धुर्मुस सुन्तली हाई हाई !


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज (शुक्रवार) देखि प्रदर्शनमा आएको फिल्म ‘सेन्टीभाइरस’ मा दर्शकको क्रेज देखिएको छ । महाशिवरात्रिको अवसर पारेर रिलिज भएको यो फिल्म हेर्न हलमा दर्शकको बाक्लो उपस्थिति देखियो ।

राजधानीका सिङ्गल थिएटरमा दर्शकको उल्लेख्य सहभागिता थियो । यो हिसाबले हेर्दा भोलि शनिवार अझै क्रेज देखिने बलियो सम्भावना देखिएको छ ।

फिल्मकी नायिका कुञ्जना घिमिरेले यो फिल्मको प्रतिक्रियाले एकदमै खुशी भएको बताइन् । उनले भनिन्, ‘दर्शकको साथ पाउँछौं, निकै खुशी लागेको छ ।’

दर्शकको भीडलाई सम्बोधन गर्दै सीताराम कट्टेल (धुर्मुस) ले दर्शकले धुर्मुसको क्यारिकेचर गरेर हँसाएका थिए । हलबाहिर उपस्थित दर्शकले ‘धुर्मुस सुन्तली हाई हाई’ भन्दै नारासमेत लगाएका थिए ।

‘चलचित्रप्रति देखिएको यो मायाले म भावुक भएको छु, हलमा हुँदा यति दर्शक हुनुहुन्छ भन्ने सोचेको पनि थिइनँ,’ धुर्मुसले भने ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘सेन्टीभाइरस’ मा सीताराम र कुञ्जनाका अलावा, सन्दीप क्षेत्री, दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

फिल्मको कथा कुमार कट्टेल र दीपक आचार्यले तयार पारेका हुन् । यस्तै फिल्ममा डिन्डु लामा ल्योह्मोको लगानी रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  २ : ०६ बजे

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई