वाग्मती प्रदेशमा १५ सय मानवअधिकार उल्लंघनका घटनाः इन्सेक  « Khabarhub

वाग्मती प्रदेशमा १५ सय मानवअधिकार उल्लंघनका घटनाः इन्सेक 


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाग्मती प्रदेशमा विगतको तुलनामा मानवअधिकारे उल्लङ्घनको घटनामा वृद्धि भएको छ ।

अनौपचारीक सेवा केन्द्र वाग्मती प्रदेशद्वारा (इन्सेक) जारी विवरण अनुसार सन् २०१९ मा वाग्मती प्रदेशमा एक हजार ४९४ मानवअधिकार उल्लङ्घनको घटना भएको छ । सन् २०१८ मा सो प्रदेशमा ८१९ मानवअधिकारको उल्लङ्घनको घटना भएको थियो ।

तुलनात्मक रुपमा २०१९ मा मानवअधिकार उल्लङ्घनका घटना अत्यधिक भएको देखिन्छ । सो अवधिमा राज्यपक्षबाट २१७ जना पीडित भए भने अन्य पक्षबाट एक हजार २७७ जना पीडित भए । त्यस्तै २५३ बलात्कारका घटना भएको छ ।

प्रदेशमा महिला तथा बालबालिकामा बलात्कारका घटना ३८६ वटा भएकामध्ये बालबालिकाको सङ्ख्या ६५ प्रतिशत छ । इन्सेकको जारी तथ्याङ्कमा प्रदेशका १३ मध्ये काठमाडौँ र चितवनमा सबैभन्दा बढी बलात्कारको घटना भएका छन् ।

काठमाडौँमा गत आर्थिक वर्षमा ९७ जना बालिका र ६४ जना महिला बलात्कार भएको जनाइएको छ । चितवनमा २९ बालिका र १६ महिला, ललितपुरमा ३१ बालिका र १४ महिला, भक्तपुरमा २१ बालिका र ११ महिला बलात्कार भएको उल्लेख छ ।

मकवानपुरमा एक वर्षमा १८ बालिका र नौ महिला, सिन्धुपाल्चोकमा १७ बालिका र ६ महिला बलात्कार भएको वाग्मती प्रदेश इन्सेक संयोजक कृष्ण गौतमले भने ।

त्यस्तै दोलखामा नौ बालिका र तीन महिला, काभ्रेमा नौ बालिका र तीन महिला, नुवाकोटमा १० बालिका र पाँच महिला, सिन्धुलीमा नौ बालिका र पाँच महिला, धादिङमा आठ बालिका र एकजना महिला बलात्कारको शिकार भएको इन्सेकले जनाएको छ ।

रामेछापमा दुई बालिका र एक महिला, रसुवामा दुई बालिका एक वर्षको अवधिमा बलात्कार भएको हो । संयोजक गौतमका अनुसार चेतना जागृत भएका कारण घटना सार्वजनिक हुँंदै आएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १० : ३० बजे

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न