कोरोना भाइरस : इटालीमा २४ घण्टामा ६ सय २७ को मृत्यु, मृतकको संख्या ४ हजार « Khabarhub

कोरोना भाइरस : इटालीमा २४ घण्टामा ६ सय २७ को मृत्यु, मृतकको संख्या ४ हजार


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इटालीमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ६ सय २७ जनाको मृत्यु भएको छ ।

यो संख्या बिहिबार मृत्यु भएका भन्दा २ सयले बढी हो । यसअघि बिहिबार ४ सय २७ जनाको मृत्यु भएको थियो ।

थप ६ सय २७ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।

संक्रमित हुनेको संख्या पनि अत्यासलाग्दो तवरले बढेको छ । बुधबारसम्म ३५ सयको हाराहारीमा नयाँ मानिसहरुमा संक्रमण देखिदै आएकोमा शुक्रबारसम्म करिव ६ हजार मानिसमा नयाँ संक्रमण देखिन थालेको छ ।

शुक्रबार ५ हजार ९ सय ८६ जनामा संक्रमित फेला परेका छन् । योसँगै इटालीमा मात्रै कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ४७ हजार २१ पुगेको छ ।

उपचार गराइरहेका ३७ हजार ८ सय ३७ मध्ये २६ सय ५५ जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमण रोक्न इटाली सोमबारदेखि ‘लक डाउन’ लागु गरेपनि मृतकको संख्या अस्वाभाविक तवरले बढिरहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ६ : ०८ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि