कोरोना भाइरस : इटालीमा २४ घण्टामा ६ सय २७ को मृत्यु, मृतकको संख्या ४ हजार « Khabarhub

कोरोना भाइरस : इटालीमा २४ घण्टामा ६ सय २७ को मृत्यु, मृतकको संख्या ४ हजार


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इटालीमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ६ सय २७ जनाको मृत्यु भएको छ ।

यो संख्या बिहिबार मृत्यु भएका भन्दा २ सयले बढी हो । यसअघि बिहिबार ४ सय २७ जनाको मृत्यु भएको थियो ।

थप ६ सय २७ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।

संक्रमित हुनेको संख्या पनि अत्यासलाग्दो तवरले बढेको छ । बुधबारसम्म ३५ सयको हाराहारीमा नयाँ मानिसहरुमा संक्रमण देखिदै आएकोमा शुक्रबारसम्म करिव ६ हजार मानिसमा नयाँ संक्रमण देखिन थालेको छ ।

शुक्रबार ५ हजार ९ सय ८६ जनामा संक्रमित फेला परेका छन् । योसँगै इटालीमा मात्रै कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ४७ हजार २१ पुगेको छ ।

उपचार गराइरहेका ३७ हजार ८ सय ३७ मध्ये २६ सय ५५ जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमण रोक्न इटाली सोमबारदेखि ‘लक डाउन’ लागु गरेपनि मृतकको संख्या अस्वाभाविक तवरले बढिरहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ६ : ०८ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।