८ वर्षमा बिहे भएपछि कसरी एमबीबीएस पूरा गरिन रुपाले ? « Khabarhub

८ वर्षमा बिहे भएपछि कसरी एमबीबीएस पूरा गरिन रुपाले ?

पढ्ने दृढ इच्छाशक्तिले प्राप्त सफलता


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अधिकाशं विद्र्याथीहरु आफुले पढ्न नसक्नुको कारण भन्दै अनेक बाहना बताउँछन् । कतिले आर्थिक अभाव, पारिवारिक झमेला, विवाह वा अन्य विभिन्न कारण उनीहरुको अध्ययनको सपनाको बाधक बनेको सुनाउने गर्दछन् ।

तर भारतकी एक युवतीले इच्छाशक्ति भए पढाईमा कुनै अवरोध नै नहुने प्रमाणत नै गरेकी छन् । उनको दृढ इच्छाशक्ति, मेहनत र परिश्रमबाट एमबीबीएससम्मको अध्ययन पूरा गरेकी छन् ।

समयमा उपचार नपाउँदा काका भीमाराम यादवको हृदयघातका कारण मृत्यु भएपछि भारतको राजस्थानस्थित चौमूकी निवासी रुपा यादवले डाक्टर बन्ने सपना बुनिन् । तर मात्र आठ बर्षको कलिलो उमेरमा उनको विवाह भयो । कक्षा ३ मा अध्ययनरत रहदाँ नै विवाह भएपछि उनको अध्ययनको सपना अधुरो बन्यो ।

विवाहपछि बढेको जिम्मेवारी, घरको चार दिवाल भित्रको चुलाचौकाको काम उनको अध्ययनको बाधक थिए । तर यतिमा रुपाले हार मान्नेवाला कहाँ थिइन् र ? उनले पढाई प्रतिको लगन र मेहनत टुट्न दिइनन् । घरबाट तीन किलोमिटर हिडेर रेल चढ्ने ठाउँ पुग्नुपर्ने त्यहाबाट रेल चढेर अझ लामो यात्रा गरेपछि मात्र विद्यालय पुग्थिइन् रुपा ।

सानो उमेरमा बुहारी बनेकी रुपालाई घरको काम सकेर विद्यालय जान धौधौ पर्दथ्यो । तर उनले हिम्मत हारिनन् ।

रुपाको अध्ययनको रुचिलाई अर्को बाधक बनिदियो उनको आर्थिक अवस्था । कमजोर पारिवारिक आर्थिक अवस्था र विद्यालयको फी तिर्ने पैसा नहुदा पनि रुपाले हार मानिनन् । न त उनको हौसला नै डगमगायो ।

रूपाको यो हौसला देखेपछि उनका श्रीमान, भिनाजु र दिदीले उनलाई अध्ययनमा साथ दिने थाले । विवाहित महिलाले पढ्न नहुने मान्यताले भरिएको समाजमा एक्लि रुपाका लागी यी तीनै जना दिनभर मेहनत गर्दथे ।

श्रीमान दिउँसो खेतमा काम गर्थे बाँकी समयमा टेम्पो पनि चलाउथे । जसका कारण रुपाको सपना पुरा हुने भएको छ । उनले एनईईटीको परीक्षा पास गरी अल इण्डिया र्यान्किंगमा २२८३ र ओबीसीमा ६५८ र्यांक हासिल गरी अध्ययनको बाटो खोलेकी छन् ।

यहाँ अर्को रोचक कुरा त के छ भने रूपाको अध्ययनको रुचि देखेर उनका पति शंकरलाल यादवमा पनि पढाई प्रति रुचि जाग्यो । जसका कारण उनले पनि पढ्न थाले । यो बर्ष शंकरलाल एमए प्रथम वर्षमा अध्ययनरत छन् ।

जे होस् रुपाको अध्ययनको सपना साकार भएको छ, ८ वर्षमा बालिका बधु बनेकी रुपाको नामको अगाडी अब डाक्टर रुपा लाग्नेछ । डेल्लीहन्टबाट

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १० : ३५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२