कोरोना संक्रमित बिरामीबारे अफवाह फैलिएको भन्दै नर्भिक अस्पतालले निकाल्यो विज्ञप्ति « Khabarhub

कोरोना संक्रमित बिरामीबारे अफवाह फैलिएको भन्दै नर्भिक अस्पतालले निकाल्यो विज्ञप्ति


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको हल्ला अफवाह मात्र भएको भन्दै आपत्ति जनाएको छ ।

सामाजिक सञ्जालमा हल्ला भएजस्तो अस्पतालमा कुनै कोरोना भाइरस संक्रमितको मृत्यु नभएको नर्भिक अस्पतालले जनाएको छ।

सामाजिक सञ्जालमा उठेको विषयमा ध्यानाकर्षण भएको भन्दै नर्भिक अस्पतालले निकालेको विज्ञप्ति यस्तो छ :

अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई कोरोना लागेको एक जनाको मृत्यु भएको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएको र यस्ता हल्लाका पछि नलाग्न अस्पतालले आग्रह गरेको छ ।

अस्पतालका नायब महाप्रबन्धक आर.पी मैनालीले अस्पतालमा कोरोनाका कुनै पनि बिरामी नभएको बताएका छन् ।

नर्भिक अस्पतालमा कोरोनाबारे कुनै परीक्षण नहुने अस्पतालले जनाएको छ । उसले कोरोना भाइरसको परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुने प्रष्ट पार्दै कोरोनाका बिरामी नर्भिकमा उपचाररत भन्ने हल्लामा सत्यता नभएको जनाएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १ : ०१ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै