कोरोना संक्रमित बिरामीबारे अफवाह फैलिएको भन्दै नर्भिक अस्पतालले निकाल्यो विज्ञप्ति « Khabarhub

कोरोना संक्रमित बिरामीबारे अफवाह फैलिएको भन्दै नर्भिक अस्पतालले निकाल्यो विज्ञप्ति


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको हल्ला अफवाह मात्र भएको भन्दै आपत्ति जनाएको छ ।

सामाजिक सञ्जालमा हल्ला भएजस्तो अस्पतालमा कुनै कोरोना भाइरस संक्रमितको मृत्यु नभएको नर्भिक अस्पतालले जनाएको छ।

सामाजिक सञ्जालमा उठेको विषयमा ध्यानाकर्षण भएको भन्दै नर्भिक अस्पतालले निकालेको विज्ञप्ति यस्तो छ :

अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई कोरोना लागेको एक जनाको मृत्यु भएको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएको र यस्ता हल्लाका पछि नलाग्न अस्पतालले आग्रह गरेको छ ।

अस्पतालका नायब महाप्रबन्धक आर.पी मैनालीले अस्पतालमा कोरोनाका कुनै पनि बिरामी नभएको बताएका छन् ।

नर्भिक अस्पतालमा कोरोनाबारे कुनै परीक्षण नहुने अस्पतालले जनाएको छ । उसले कोरोना भाइरसको परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुने प्रष्ट पार्दै कोरोनाका बिरामी नर्भिकमा उपचाररत भन्ने हल्लामा सत्यता नभएको जनाएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १ : ०१ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित