गगन थापाले प्रधानमन्त्रीलाई भने – अब सरकार चलाउने वैधता तपाईंसँग रहँदैन् « Khabarhub

गगन थापाले प्रधानमन्त्रीलाई भने – अब सरकार चलाउने वैधता तपाईंसँग रहँदैन्


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले अहिलेको क्षणमा अध्यादेशहरु जारी गर्नु संविधानको मर्म विपरितको कदम भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डललाई मेन्सन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् ।

थापाले नयाँ अध्यादेशका विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीलाई सोधेका छन्, ‘महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईंको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ। संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै। संकटको यो घडीमा तपाईंको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईंसँग रहला,वैधता भने अब रहँदैन।’

 

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ३८ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५