कोरोना कहर : मुख्यमन्त्री योगी पिताको अन्त्येष्टिमा उपस्थित नहुने « Khabarhub

कोरोना कहर : मुख्यमन्त्री योगी पिताको अन्त्येष्टिमा उपस्थित नहुने


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- गत सोमबार निधन भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पिताको आज अन्त्यष्टि गरिँदैछ ।

आज उनको अन्त्यष्टि गरिने भए पनि मुख्यमन्त्री आदित्यनाथले लकडाउनको कार्यान्वयन र कोरोनाभाइरस विरुद्धको लडाईंका कारण उपस्थित नहुने बताएका छन् ।

कठोर धार्मिक स्वभावका आदित्यनाथ आफ्नै पिताको अन्त्येष्टिमा पनि सहभागी नहुनुलाई अनौठो र अस्वभाविक घटनाको रुपमा लिइएको छ ।

मुख्यमन्त्री योगीका पिता आनन्द सिंह विष्टको सोमबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । उत्तर प्रदेशका अतिरिक्त मुख्यसचिव आश्विन कुमार अवस्थीले मुख्यमन्त्री योगीका पिता विष्टको स्थानीय समय अनुसार विहान १०.४४ बजे निधन भएको जानकारी दिए ।

उनको अन्त्येष्टिमा मलामीहरुको सङ्ख्या पनि न्युन गराउन जोड दिएको पनि मुख्यसचिव अवस्थीले बताए।

त्यसैगरी उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेलले मुख्यमन्त्री योगीलाई पितृशोक परेकोमा दुःख व्यक्त गरेका छन् । त्यसैगरी अन्य शीर्ष नेता तथा सरकारका उच्च अधिकारीहरूले पनि विष्टको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ५७ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को