कोरोना कहर : मुख्यमन्त्री योगी पिताको अन्त्येष्टिमा उपस्थित नहुने « Khabarhub

कोरोना कहर : मुख्यमन्त्री योगी पिताको अन्त्येष्टिमा उपस्थित नहुने


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- गत सोमबार निधन भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पिताको आज अन्त्यष्टि गरिँदैछ ।

आज उनको अन्त्यष्टि गरिने भए पनि मुख्यमन्त्री आदित्यनाथले लकडाउनको कार्यान्वयन र कोरोनाभाइरस विरुद्धको लडाईंका कारण उपस्थित नहुने बताएका छन् ।

कठोर धार्मिक स्वभावका आदित्यनाथ आफ्नै पिताको अन्त्येष्टिमा पनि सहभागी नहुनुलाई अनौठो र अस्वभाविक घटनाको रुपमा लिइएको छ ।

मुख्यमन्त्री योगीका पिता आनन्द सिंह विष्टको सोमबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । उत्तर प्रदेशका अतिरिक्त मुख्यसचिव आश्विन कुमार अवस्थीले मुख्यमन्त्री योगीका पिता विष्टको स्थानीय समय अनुसार विहान १०.४४ बजे निधन भएको जानकारी दिए ।

उनको अन्त्येष्टिमा मलामीहरुको सङ्ख्या पनि न्युन गराउन जोड दिएको पनि मुख्यसचिव अवस्थीले बताए।

त्यसैगरी उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेलले मुख्यमन्त्री योगीलाई पितृशोक परेकोमा दुःख व्यक्त गरेका छन् । त्यसैगरी अन्य शीर्ष नेता तथा सरकारका उच्च अधिकारीहरूले पनि विष्टको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ५७ बजे

लोकसेवा आयोगमा सरकारी हस्तक्षेपको आरोप लगाउँदै युवाको प्रदर्शन

काठमाडौं– लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा

भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित

काठमाडौं– सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र

सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी

सुनसरी- स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुनसरीमा सर्वसाधारणको घरमा आगजनी

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप