सरकारले २ अध्यादेश ल्याएपछि कांग्रेस पदाधिकारीको आकस्मिक बैठक जारी « Khabarhub

सरकारले २ अध्यादेश ल्याएपछि कांग्रेस पदाधिकारीको आकस्मिक बैठक जारी


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक सुरु भएको छ ।

सरकारले सोमबार संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई अध्यादेश ल्याएपछि त्यसबारे औपचारिक धारणा तय गर्न सभापति शेरवहादुर देउवा निवास बुढानिकलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बसिरहेको हो ।

कोरोना महामारीको बेलामा नागरिकको जीवन रक्षाका लागि गम्भीर हुनुपर्नेमा सरकारले बेमौसमी बाजा बजाएकाले पदाधिकारी बैठकमार्फत आवश्यक निर्णय गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि सोमबार साँझ सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीतका विधेयक तत्काल फिर्ता लिन माग गरेका थिए।

सभापति देउवाले कोरोना महामारीको यो घडीमा सत्ताको उन्माद प्रस्तुत गर्नु नेपाली इतिहासकै सबैभन्दा दुःखद् घटना भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : ०१ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति