चीनमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु सार्वजनिक « Khabarhub

चीनमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु सार्वजनिक


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको वुहानको एक इन्ष्टिच्यसटमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु सार्वजनिक भएका छन् ।

वुहान इन्टिच्युट अफ भाइरोलोजीको एक फ्रिजको टुटेको सिलबाट भाइरस बाहिरिएको दावीसहितका तस्वीरहरु सार्वजनिक भएका हुन् ।

वुहानको इन्टिच्युट अफ भाइरोलोजीको ती तस्वीर पहिलो पटक सन् २०१८ मा चाइना डेली न्युजपेपरले ट्वीटरमार्फत सार्वजनिक गरेको केही समयमै डिलिट गरिएका ती तस्वीरलाई केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुनः भाइरल बनाइरहेका छन् ।

तस्वीर : मेट्रो डट सिओ डट यूके ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चाइना डेली पत्रिकाले ल्याबका तस्वीरमा ‘एसियाकै सबैभन्दा ठूलो भाइरस बैंकको एक दृश्य ! सेन्ट्रल चीनको हुबेईस्थित वुहान इन्टिच्युट अफ भाइरोलोजी, जहाँ १५०० भन्दा धेरै भाइरसको संरक्षण गरेर राखिएको छ ।’ भन्ने क्यासन लेखिएको उल्लेख गरेका छन् ।

सन् २०१८ मा चाइना डेलीले सार्वजनिक गरेको तस्वीरहरु । फोटो : डेलीमेल ।

कतिपय सञ्चारमाध्यमहरुले पहिलेको मिति नै सच्याएर सार्वजनिक गरेका तिनै तस्वीरका आधारमा अमेरिका चीनप्रति रुष्ट भएको र चीनले तथ्य लुकाउँदै आएको आरोप लगाउने गरेको बताएका छन् ।

ट्रम्पले बारम्बार डब्ल्युएचओ पूर्वाग्रही भएको आरोप लगाउँदै चीनमाथि छानविन गर्ने समेत चेतावनी दिदै आएका थिए । शुक्रबार मात्रै पनि ट्रम्पले अमेरिकाको तर्फबाट वुहान इन्टिच्युटका लागि दिने आर्थिक सहायता नदिने घोषणा गरेका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि ल्याबबाट भाइरस लिक भएको विषयमा बेइजिङले सत्य सत्य जानकारी गराउनु पर्ने बताउँदै आएका छन् ।

वासिङ्टन पोष्टको एक रिपोर्टलाई आधार मान्ने हो भने  अमेरिकालाई वुहानबाट महामारी फैलिँदैछ भन्ने जानकारी पहिल्यै नै थियो ।

अमेरिकी राजनीतिज्ञले वुहानको ल्याबमा भएका जानकारी अमेरिकी सरकारलाई गराएका र त्यसमा चमेरो सम्बन्धी भाइरसका विषयमा महत्वपूर्ण सूचना भएको उल्लेख गरिएको छ । चीनले भने उक्त आरोपको बारम्बार खण्डन गर्दै आएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : ५७ बजे

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?

रोमानियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको लागि नयाँ उम्मेदवार मनोनीत

बुखारेस्ट– रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ