सोनु निगममाथि भड्किए दर्शक, पक्राउ गर्न माग « Khabarhub

सोनु निगममाथि भड्किए दर्शक, पक्राउ गर्न माग


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड गायक सोनु निगम फेरि चर्चामा आएका छन् । दुबईमा रहेका सोनुलाई पक्राउ गर्न भारतीय केही दर्शकले आवाज उठाएका छन् । ३ वर्षपहिले गरेको एक ट्वीटले उनलाई पुनः विवादमा ल्याएको हो ।

सोनुले गरेको ट्वीटको एक स्किृनशट भाइरल भइरहेको छ । उनले बताएका थिए कि, बिहान उठ्दा अजान(मुस्लिमहरुले मस्जिदमा प्राथना गर्नु) का कारण आफ्नो निद्रा खराब हुन्छ । उनले मस्जिद, मन्दिर र गुरुद्वारले ध्वनि प्रदुषण बढाएको बताएका थिए ।

सोनुको यो ट्वीटलाई लिएर सामाजिक सञ्जालमा विरोध भएको छ । विवादका कारण सोनुले ट्वीटर नै छोडेका थिए । अहिले पनि उनीमाथि सामाजिक सञ्जालमार्फत आक्रमण भएको छ ।

सोनुलाई दुबई प्रहरीले पक्राउ गर्नुपर्ने भन्दै प्रयोगकर्ताले आवाज उठाएका छन् ।

प्रयोगकर्ताले सोनु निगम तिमी कहाँ छौं भन्ने ह्यासट्याग नै चलाएका छन् । यो ह्यासट्याग भारतमा चौंथो नम्बरमा छ ।

धेरैले सोनु निगमलाई ट्रोल बनाएका छन् । एक प्रयोगकर्ताले फिल्म ‘पीके’ मा आमिर खान यो ग्रह छोड्दै गरेको तस्वीर शेयर गरेर व्यङ्ग्य गर्दै लेखेका छन्, ‘कहाँ जाँदै छौ सोनु निगम?’

केहीले भने सोनुको समर्थनमा पनि ट्वीट गरेका छन् । सोनु यतिबेला भने लकडाउनका कारण दुबईमा छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ३८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने