सोनु निगममाथि भड्किए दर्शक, पक्राउ गर्न माग « Khabarhub

सोनु निगममाथि भड्किए दर्शक, पक्राउ गर्न माग


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड गायक सोनु निगम फेरि चर्चामा आएका छन् । दुबईमा रहेका सोनुलाई पक्राउ गर्न भारतीय केही दर्शकले आवाज उठाएका छन् । ३ वर्षपहिले गरेको एक ट्वीटले उनलाई पुनः विवादमा ल्याएको हो ।

सोनुले गरेको ट्वीटको एक स्किृनशट भाइरल भइरहेको छ । उनले बताएका थिए कि, बिहान उठ्दा अजान(मुस्लिमहरुले मस्जिदमा प्राथना गर्नु) का कारण आफ्नो निद्रा खराब हुन्छ । उनले मस्जिद, मन्दिर र गुरुद्वारले ध्वनि प्रदुषण बढाएको बताएका थिए ।

सोनुको यो ट्वीटलाई लिएर सामाजिक सञ्जालमा विरोध भएको छ । विवादका कारण सोनुले ट्वीटर नै छोडेका थिए । अहिले पनि उनीमाथि सामाजिक सञ्जालमार्फत आक्रमण भएको छ ।

सोनुलाई दुबई प्रहरीले पक्राउ गर्नुपर्ने भन्दै प्रयोगकर्ताले आवाज उठाएका छन् ।

प्रयोगकर्ताले सोनु निगम तिमी कहाँ छौं भन्ने ह्यासट्याग नै चलाएका छन् । यो ह्यासट्याग भारतमा चौंथो नम्बरमा छ ।

धेरैले सोनु निगमलाई ट्रोल बनाएका छन् । एक प्रयोगकर्ताले फिल्म ‘पीके’ मा आमिर खान यो ग्रह छोड्दै गरेको तस्वीर शेयर गरेर व्यङ्ग्य गर्दै लेखेका छन्, ‘कहाँ जाँदै छौ सोनु निगम?’

केहीले भने सोनुको समर्थनमा पनि ट्वीट गरेका छन् । सोनु यतिबेला भने लकडाउनका कारण दुबईमा छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र