गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

आइतबार १६ जना संक्रमण पुष्टि


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाग्लुङसहितका ४ जिल्लामा थप १६ जनामा संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ । शनिबार संक्रमण पुष्टि भएकामा एक बालिका, एक महिला र १४ जना पुरूष छन् ।

संक्रमित हुनेमा बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना छन् । यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका पुरूष हुन् ।

यस्तै म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका र ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही गाउँपालिकाका ३३ वर्षका पुरुष र मंगला गाउँपालिकाका २० वर्षका पुरुष पनि कोरोना संक्रमण भएको छ ।

पर्वतको कुश्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुष तथा तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ४२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड