१० बजेर ५० मिनेटमा शुरु भएको सूर्यग्रहण २ बजेर २४ मिनेटमा सकिने « Khabarhub

१० बजेर ५० मिनेटमा शुरु भएको सूर्यग्रहण २ बजेर २४ मिनेटमा सकिने


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खण्डग्रास सूर्यग्रहण सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान १० बजेर ५० मिनेटदेखि ग्रहण शुरु भएको हो।

खण्डग्रास अर्थात् आधा सूर्य ढाक्ने गरी हुने सूर्यग्रहण अहिलेसम्मकै सबैभन्दा लामो मानिएको छ। ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ।

बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ भएको यो ग्रहण १२ बजेर ४० मिनेटमा मध्य अवस्थामा आउने र २ बजेर २४ मिनेटपछि सकिने छ। पन्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म सूर्यग्रहण देखिनेछ।

धार्मिका मान्यता अनुसार ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ११ : ५४ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ