प्रतिव्यक्ति १९ हजार तिरेर बंगलादेशबाट २४७ नेपाली स्वदेश फर्किदै « Khabarhub

प्रतिव्यक्ति १९ हजार तिरेर बंगलादेशबाट २४७ नेपाली स्वदेश फर्किदै


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा रहेका २४७ जना नेपाली आज नेपाल आउँदै छन् ।

बंगलादेशमा रहेका विभिन्न मेडिकल कलेजमा अध्ययनरत २४७ जना नेपाली विद्यार्थीहरु आज नेपाल आउन लागेका हुन् ।

सरकारले विदेशमा रहेकाहरुलाई उद्धार कार्य शुरु गरेपछि उनीहरु आज नेपाल आउन लागेको नेपाली विद्यार्थीहरुले बताएका छन् ।

बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले प्रतिव्यक्ति १९ हजार नेपाली रुपैया आफैले तिरेर नेपाल आउन लागेका नेपाली विद्यार्थी डायमन्ड लामिछानेले खबरहबलाई बताए । बंगलादेशमा रहेका सबै नेपालीले त्यहि पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरु नेपाल फर्किन लागेको लामिछानेले बताए ।

‘हामी सबैले यही पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएर नै नेपाल फर्किन लागेका छौं, भाडा आफैले तिर्नु परेपनि सरकारले हामीलाई उद्धार गरेकोमा खुसी लागेको छ,’ लामिछानेले खबरहबसँग भने,‘हामीलाई नेपाल उद्धार गर्न सहयोग गर्ने बंगलादेशमा रहनुभएका नेपाली राजदुतलाई हामी धेरै धन्यवाद दिन चाहन्छौं । नेपाल आइपुगेर सरकारले तोकेको ठाउँमा हामी बस्न तयार छौं ।’

धेरै महिनादेखि बंगलादेशमा अलपत्र परेका विद्यार्थीहरु आज नेपाल फर्किन पाएकोमा खुसी भएका छन् । बंगलादेशबाट नेपाल फर्किन लागेकी डा कुसुम देवकोटाले नेपाल फर्किन लागेको भन्दै खुसी व्यत्तः गरिन् ।

‘हामी धेरै समयदेखि यहाँ अलपत्र परेका थियौं, मेरो त इन्टन पनि सकिएको थियो यहाँ यतिकै बसेको थिए,’देवकोटाले खबरहबसँग भनिन्, आज नेपाल फर्किदा पाउँदा खुसी लागेको छ ।’

उनीहरुलाई नेपाल ल्याउन नेपाल एयरलाइन्सको विमान बंगलादेशमा हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलमा डेढ घण्टा अगाडी नै पुगेको थियो । उनीहरु अहिले नेपाल फर्किदै छन । यसअघि ३ वटा विमानमार्फत ६ सय नेपाली विद्यार्थीहरु बंगलादेशबाट नेपाल फर्किएका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ३ : ०९ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ