नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३ पुग्यो


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

६९ वर्षका गुल्मी छत्रकोटका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्थास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार गुल्मीका थप एक जनाको कोरोनाका कारण ज्यान गएको हो । उनको घरमै मृत्यु भएको र शव व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला गरी २२ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ४ : ३० बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान