आइतबार एकैदिन थपिए ४२१ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित) | Khabarhub Khabarhub

आइतबार एकैदिन थपिए ४२१ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)

नेपालका ७५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलियो


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ९ हजार २६ पुगेको जानकारी दिएका हुन् । नयाँ थपिएका संक्रमित मध्ये ३५७ पुरुष र ६४ महिला रहेका छन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ महिला र ३ पुरुष, उदयपुरका एक महिला र ४ जना पुरुष, मोरङका एकजना महिला र एकजना पुरुष, सुनसरीको एकजना महिला र एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीषणमा धनुषाका एकजना महिला र ७ जना पुरुष, महोत्तरीका २ जना पुरुष र सप्तरीका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीषणमा बाराका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६ जना महिला र१० जना पुरुष, डडेल्धुराका ३ महिला र ११ जना पुरुष, डोटीका २ महिला र १४ जना पुरुष, गुल्मीका एक महिला र ४ जना पुरुष, कैलालीका ३ पुरुष, कपिलवस्तुका ११ पुरुष, नवलपरासी पश्चिमका ५ महिला र १६ जना पुरुष र नुवाकोटका एक पुरुष, प्युठानका २ महिला र १८ पुरुष, रामेछापका एकजना पुरुष, रुपन्देहीका एकजना पुरुष, सर्लाहीका एकजना महिला र ४ जना पुरुष, सिराहाका ४ महिला र ४८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरकी एक महिला र पाल्पाका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १० महिला र ३९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाग्लुङका २ जना पुरुष,कास्कीका एकजना पुरुष, स्याङ्जाका २ जना महिला र ८ जना पुरुष, बाग्लुङका २१ जना पुरुष, मुस्ताङका एकजना पुरुष, म्याग्दीका २ महिला र २ जना पुरुष, नवलपरासी पुर्वका २ पुरुष, पर्वतका २ जना पुरुष, तनहुँका एक महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एक महिला र ८ जना पुरुष, गुल्मीका एक महिला र एक पुरुष, कपिलवस्तुका १३ जना पुरुष, नवलपरासी पश्चिमका एक पुरुष, पाल्पाका एक महिला र एक पुरुष र रुपन्देहीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक पुरुष, बर्दियाका ३ जना पुरुष, रोल्पाका एकजना महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १० जना पुरुष र रोल्पाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलखका एक महिला, सल्यानका ६ जना पुरुष र सुर्खेतका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बैतडीका एकजना पुरुष र एक महिला, बझाङका २ जना पुरुष, डडेल्धुराका ४ जना महिला र २३ जना पुरुष, डोटीका ४ महिला र ७ पुरुष, कैलालीका २ महिला र २२ पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १९६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ७७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६२३ पुरुष रहेका छन् ।

हालसम्म २३ जनाको मृत्यु

नेपालमा आइतबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

६९ वर्षका गुल्मी छत्रकोटका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्थास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार गुल्मीका थप एक जनाको कोरोनाका कारण ज्यान गएको हो । उनको घरमै मृत्यु भएको र शव व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला गरी २२ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ४ : ५६ बजे

कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकासका सचिवबीच कार्यसम्पादन सम्झौता 

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं शहरी विकास मन्त्री

शीर्ष क्रमका ब्याटर ‘फ्लप’ हुँदा संकटतिर नेपाल, टीममाथि नै प्रश्न

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले समर्थकलाई निराश

वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित

गाईघाट– केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान

 कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी

 कञ्चनपुर– कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती

प्रधानमन्त्री अमेरिकामा हुँदा काठमाडौंमा धरपकड किन ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर देशभित्र छैनन् । उनी