कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको छैन : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको छैन : स्वास्थ्य मन्त्रालय


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा आइतबार रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अधिकांश संक्रमित विदेशबाट आएकाले समुदायस्तरमा संक्रमण नगएको बताएका हुन् ।

उनले कुल ९ हजार २६ जना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएकाहरुमा संक्रमण देखिएको जानकारी दिए ।

जसमध्ये पनि धेरैजसो भारतबाट आएकाहरुमा कोरोना पुष्टि भएको बताए । कुल संक्रमितमध्ये ९२ प्रतिशत पुरूष छन् भने १५ देखि ५४ वर्ष उमेर समूहका बढी रहेको उनले बताए ।

साथै ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका र संक्रमितमध्ये गम्भीर प्रकारका बिरामी कम रहको मन्त्रालयको भनाइ छ।

मृत्यु भएका २३ जनामध्ये सबै कोरोनाकै कारणले मृत्यु नभएको डाक्टर पाण्डेले बताए। उनले धेरै बिरामी किड्नी र दमका रोगी भएकाले उनीहरूको दीर्घ रोगको कारण मृत्यु भएको बताए।

 

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : ४२ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि