भारतमा फेरि थपिए एकैदिन ३६ हजारभन्दा बढी कोरोना संक्रमित « Khabarhub

भारतमा फेरि थपिए एकैदिन ३६ हजारभन्दा बढी कोरोना संक्रमित


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बढ्दै गएको छ ।

पछिल्ला तीन दिनमा मात्रै भारतमा १ लाख १४ हजार ४६० जना संक्रमित भएका छन् । यसमध्ये ३६ हजार ८१० जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म ११ लाख ५४ हजार ९१७ जना संक्रमित भएका छन् ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ७ लाख २४ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍२ हजार ११६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ५९६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको २८ हजार ९९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : ०६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह