वेस्ट इण्डिजविरूद्धको दोस्रो टेष्टमा इंग्ल्याण्डको जीत « Khabarhub

वेस्ट इण्डिजविरूद्धको दोस्रो टेष्टमा इंग्ल्याण्डको जीत


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाहुना टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो टेष्ट इंग्ल्याण्डले जीतेको छ ।

ओल्ड ट्राफोर्डमा टेष्टको पाँचौं दिन इंग्ल्याण्डले वेष्ट इण्डिजलाई सोमबार १ सय १३ रनले हराएको हो ।

दोस्रो टेष्टमा जीत निकालेसँगै इंग्ल्याण्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टेष्टमा इंग्ल्याण्ड ४ विकेटले पराजित भएको थियो । अब दुई टोलीबीचको अन्तिम तथा तेस्रो टेष्ट शुक्रबारबाट सुरु हुनेछ ।

घरेलु टोलीले दिएको ३ सय १२ रनको चुनौतिपूर्ण लक्ष्यसहित दोस्रो इनिङ्स थालेको वेष्ट इण्डिज अलआउट हुँदै १ सय ९८ रनमा समेटियो ।

इंग्ल्याण्डका बलरसामु वेष्ट इण्डिजका शाम्रह ब्रुक्सले ६२ तथा जेर्मिने ब्लाकवुडले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नु बाहेक अन्यले उलेख्य रन जोड्न सकेनन् । कप्तान जासन होल्डर ३५ रनमा आउट भए ।

इंग्ल्याण्डका स्टुवार्ड बोर्डले ३ विकेट लिए । यस्तै डम बेस, क्रिस वोक्स र बेन स्टोक्सले २/२ विकेट लिए ।

यस अघि इंग्ल्याण्डले दोस्रो इनिङ्समा ३ विकेटको क्षतिमा १ सय २९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दै वेष्ट इण्डिजलाई चुनौतिपूर्ण लक्ष्य दिएको थियो ।

दोस्रो इनिङ्समा इंग्ल्याण्डका लागि बेन स्टोक्सले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान जोय रुटले २२ रन जोड्दा ओली पोपे १२ रनमा अविजित रहे ।

इंग्ल्याण्ड जाक क्रलीले ११ रन बनाए भने जोस बट्लर सुन्य रनमा आउट भए । वेष्ट इण्डिज केमार रोचले २ विकेट लिए । यसअघि पहिलो इनिङ्समा इंग्ल्याण्डले ९ विकेटको क्षतिमा ४ सय ६९ रन बनाएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : २० बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय