सांसद साहको निर्देशनमा दिपही र विजयपुर बजारमा सडक विस्तार « Khabarhub

सांसद साहको निर्देशनमा दिपही र विजयपुर बजारमा सडक विस्तार


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- रौतहटको दुई ठूला व्यापारिक रणनीतिका सडक विस्तारको काम भएको छ ।

जयनगरबाट मौलापुर हुँदै वीरगन्जसम्म जोड्ने सडक खण्डको दिपही बजार तथा गौरबाट बंकुल हुँदै निजगढसम्म जोड्ने सडक खण्डको विजयपुर बजारमा सडक विस्तार गरिएको हो ।

उक्त सड़कलाई फराकिलो बनाउन रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अनुगमनको क्रममा ठेकेदार र सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएका थिए ।

सांसद साहले सडक छेउमै रहेका भौतिक संरचना भत्काएर सहयोग गरिदिनका लागि स्थानीयलाई आग्रह गरेपछि स्थानीयले पनि गम्भीरता देखाएकोलि सडक ५० फिट फराकिलो सम्भव भएको हो । सडक फराकिलो बनाउन तीन तल्ले भवन समेत भत्काउनु परेको थियो ।

“यो दुई ठाउँमा राज्यले मुआब्जा दिएर पनि भौतिक संरचना भत्काउन सक्ने स्थिति थिएन । सांसद साहप्रति जनताको बिश्वासको कारणले मात्र उहाँको सामान्य निर्देशनको आधारमा वर्षौँदेखी बनाइएको दुई/तिन तल्ले पक्की घरहरू आफ्ना स्वेच्छाले भत्काउन सम्भव भएको हो ।” निर्माण कार्यमा लागेका संतोष साहले बताए ।

उक्त रणनैतिक सडक खण्डको महत्वपुर्ण स्थानमा वर्षौँ देखी बनाइएको दुई, तिन तल्ले पक्की घरहरू भत्काएर चौडा गर्ने कार्य साहसिक एवं नमुनायोग्य रहेको सांसद साहले बताए । स्थानीय संगसंगै सबै दलका स्थानीय स्तरका नेताले दलभन्दा माथि उठेर सहयोग गर्नु सराहनीय रहेको सांसद साहले बताए ।

उक्त कामका लागि स्थानीयले समेत अग्रसरता देखाएकोमा सांसद साहले धन्यवाद दिएका छन् । रणनीतिक महत्वको उक्त सडक सांसद साहकै पहल एवम् नेतृत्वमा कालो पत्रको कार्य भइरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ४६ बजे

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका