यसरी पाइन्छ नबिल बैंकले दिने ‘फोन लोन’ « Khabarhub

यसरी पाइन्छ नबिल बैंकले दिने ‘फोन लोन’


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सुविधा सुरु गरेको छ।

बैंकमा खाता भएकाहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट लिइसक्ने छन्।

एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो सुविधा ल्याएको हो। नबिल स्मार्ट बैंकिङ अन्तर्गत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा ऋण उपलब्ध गराइन्छ । यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध हुनेछ।

ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्मार्टबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।

बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ । ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने । यस योजना अन्तर्गत एक लाखसम्म ऋणको सुविधा लिन सकिने

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्ने छ।

शाहले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’

१ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत् बैंकले सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  २ : ५९ बजे

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८ लाई

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही